आन्दोलनमा सहिद भएका परिवारले सम्झिनका लागि सहिदको शालिक बनाइदिन आग्रह

प्रकाशित मिति:

सुर्खेत/कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेश स्थापनार्थ भएको आन्दोलनमा सहिद भएका परिवारले सम्झिनका लागि सहिदको शालिक बनाइदिन आग्रह गरेका छन् । बिहिबार मुख्यमन्त्री शाहीलाई भेटेर सहिद परिवारका सदस्यहरुले सहिदहरुलाई सम्झन कै लागि कुनै काम नगरेको बताएका हुन् । प्रदेश स्थापनार्थ भएको आन्दोलनमा सहिद भएका चार जना परिवारले सहिद सम्झनका लागि भएपनि शालिन बनाउन मुख्यमन्त्रीसँग आग्रह गरेका हुन् । कर्णाली प्रदेश सहिदकै बलिदानबाट स्थापना भएको सहिदहरुलाई भुल्दै जान थालिएको सहिद परिवारका आफन्तहरुले मुख्यमन्त्रीसँग गुनासो गरेका थिए ।
कर्णाली प्रदेश निर्माणका लागि सहिदहरुले बलिदान दिएको र अहिले कर्णाली प्रदेश सरकारले सहिदहरुको सम्झनाका लागि कुनै पनि काम नगरिएको प्रति सहिद हरीबहादुर कवुँरका दाजु राजबहादुर कवुँरले गुनासो गरे ।

‘प्रदेश स्थापना गर्नका लागि चार जना सहिद नभएको भए केही हुदैँन्थ्यो ।’ उनले भने,‘अहिले सहिदहरुलाई सम्झनका लागि प्रदेश सरकारले सालिक पनि राख्न सकेको छैन् ।’भाषणमा सहिदहरुको बलिदानका बिषयमा सधै सम्झने गरेकोमा गर्भ लाग्ने गरेको तर, अहिलेसम्म पनि प्रदेश सरकारले सहिदको सालिक पनि बनाउन नसकेको सहिद यामबहादुर बिसीको बहिनी भगवती बिसीले बताइन् । ‘सहिदहरुलाई केवल औपचारिक कार्यक्रममा मात्र सम्झिने गरिएको छ ।’ उनले भनिन् ‘सहिदहरुलाई सम्झनका लागि चोकहरुमा सालिक निर्माण गरियोस ।’सहिदका आफन्तजनहरुले सहिद परिवारका हो भन्ने परिचय पनि दिने कुनै आधार नभएको मुख्यमन्त्रीसँग गुनासो गरेका थिए । सहिद परिवारका बिषयमा आफु गम्भीर भएको र सहिद पार्क बनाउने त्यहाँ प्रदेश स्थापनार्थ सबैको शालिक राख्ने तयारी भएको मुख्यमन्त्री शाहीले बताए । ‘हामी सहिदको बलिदानकै कारण प्रदेशको स्थापना भएको हो ।’

उनले भने,‘सहिद परिवारका समस्याका बिषयमा गम्भीर छौं ।’सहिद परिवारको उपचार खर्च, रोजगारी पार्क निर्माण र प्रतिष्ठानका बिषयमा छलफल भइरहेको चाडै नै यस बिषयमा मन्त्री परिषदमा निर्णय हुने मुख्यमन्त्री शाहीले बताए । ‘हामी सहिद प्रतिष्ठान बनाउने कार्यबिधि बनाउँदै छौं ।’ उनले भने,‘त्यो प्रतिष्ठानमार्फत सामाजिक कार्य हुनेछन् ।’सहिद परिवारका समस्याका बिषयमा कर्णाली प्रदेश सरकार गम्भीर भएको सामाजिक विकास मन्त्री दल रावलले बताए । ‘सहिद परिवारका बिषयमा कर्णाली प्रदेश सरकार गम्भीर छ ।’ उनले भने,‘चाडै सहिदका परिवारलाई परिचय पत्रको व्यवस्था गरिनेछ ।’
सहिदहरुको सम्झनामा कर्णाली प्रदेश स्थापना भएको दिन भदौं २२ गतेलाई बलिदान दिवसका रुपमा मनाउन प्रदेश सरकारले तयारी थालेको मन्त्री रावलले बताए ।कर्णाली प्रदेश क्रममा ०७२ साउन÷भदौमा सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बीसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कँवर सहिद भएका थिए ।