जनताका पिरमार्काप्रति सरकार पुरै उदासीन छ, उपनिर्वाचन कांग्रेसले जित्छः डा. महत

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताएका छन्।काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले भने नेकपा सरकारको दुई वर्षबाट जनता आजित भएकाले उपनिर्वाचनमार्फत सन्देश दिने बताएका हुन्।‘यो दुई वर्षको अवधिमा सरकारलाई जनताले हेरेका छन्। सरकारमा बस्ने पार्टीका नेताहरुले जनतालाई जुन आश्वासन दिएका थिए, जुन सपना कम्युनिष्ट पार्टीका नेताहरुले बाँडेका थिए, ती कुनैपनि पूरा भएनन्। जनता अहिले निराश छन्,’ उनले भने।उनले मुलुकमा यतिवेला मुल्यवृद्धि संस्थागत भइरहेको बताए। कर बढिरहेको र आस्थाका आधारमा सेवासुविधामा भेदभाव भइरहेको पनि उनको टिप्पणी छ। उनले भने,

‘जनताका पिरमार्काप्रति सरकार पुरै उदासीन छ। राज्य संयन्त्र, संवैधानिक निकायलाई र पुलिस प्रशासनलाई सरकारले आफ्नो छायाँमा राख्ने कोशिश गरिरहेको छ।’डा. महतले निर्वाचन आचारसंहिता लागु भइसकेपछि पनि आफूअनुरुप काम गराउनका लागि सुरुवा बढुवादेखि ठूलो चलखेल भइरहेको बताए। ‘जुनसुकै मूल्यमा पनि चुनाव जित्नुपर्छ। सरकारले साम, दाम, दण्डभेद प्रयोग गर्ने मनशायमा छ,’उनले भने।तर, सरकार पक्षका उम्मेदवारलाई पराजित गर्नुपर्छ भन्ने जनभावना आफूहरुले पाएको उनको दाबी छ।उनले भने,‘यो उपनिर्वाचनको परिणाम हाम्रो पक्षमा आउँछ। वडा सदस्यदेखि केन्द्रिय निर्वाचन पोखरासम्म नेपाली कांग्रेसको पक्षमा ठूलो उत्साह र समर्थन छ। हामी सबै एकतावद्ध भएर लागेका छौं। तर, यो सरकार हुने हदसम्म धाँधली गरेर भएपनि आफ्नो पक्षमा परिणाम ल्याउने कोशिशमा छ,’ उनले भने।डा. महतले वर्तमान सरकार पुरै असफल भएको दाबी गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न