फेसबुकलाई चुनौती दिन आयो ‘डब्लूटीस् सोसल’

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी /फेसबुकलाई चुनौति दिने गरी नयाँ सामाजिक संजाल ‘डब्लूटीः सोसल’ आएको छ। विकिपीडियाका संस्थापक जिमी वेल्सले यो नयाँ संजाल ल्याएका हुन्।उनले ट्वीट गर्दै नयाँ संजाल ल्याएको जानकारी दिएका छन्। यो आएको तीन दिनमै दुई लाखभन्दा बढी सदस्य भएको उनले बताएका छन्।यसले फेसबुकलाई चुनौति दिने उनको विश्वास छ। फेसबुक जस्तै डब्लूटीः सोसलमा पनि पोस्ट गर्न सकिनेछ। यसमा विज्ञापन भने नदेखिने उनले बताएका छन्। ‘यो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क नबेच्ने र विज्ञापनबाट नभई व्यक्तिगत चन्दादाताको उदारतामा भर पर्नेछ,’ जिमीले भनेका छन्।यो समाचार केन्द्रीय हुने जनाएको छ। त्यस्तै, यसको शीर्षक प्रयोगकर्ताले नै सच्याउने सक्ने व्यवस्था गरिएको छ।

यसमा पनि फेसबुकमा जस्तै नयाँ सदस्य बनाउन सकिनेछ। सदस्यहरुले सेयर गरेका नयाँ समाचार तथा सामग्री देख्न सकिनेछ।तर, यसका प्रयोगकर्ताले शुल्क तिर्नुपर्नेछ। अहिलेलाई मासिक १३ अमेरिकी डलर शुल्क राखिएको जनाएको छ।सन् २०१७ मा जिमीले क्राउडसोर्सिङका आधारमा चलाउने गरी विकिट्रिब्यून साइट संचालनमा ल्याएका थिए। जसमा गलत समाचारको खण्डन गर्न थालिएको थियो। तर, गत वर्ष व्यवसायिक पत्रकारहरु बाहिरएपछि प्रभावकारी बन्न सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न