डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसीपमा ७ पदक

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  नेपाली उमा कुङफु खेलाडीले डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसीपमा ७ पदक जितेका छन् ।अस्ट्रियाको ब्रेबेन्चमा नोभेम्बर १५ र १६ तारिखमा भएको प्रतियोगितामा ३ खेलाडीले विभिन्न ७ स्पर्धामा ७ पदक जितेका हुन् ।सञ्जय पुटुवारले तीन स्पर्धामा स्वर्ण, रजत र कांस्य जिते । कमल मगरले तीन स्पर्धामा दुई रजत र एक कांस्य हात पारे । त्यस्तै रमेश महर्जनले एक स्पर्धामा कांस्य प्राप्त गरे ।पदक विजेता खेलाडीलाई अस्ट्रियमा सम्मान पनि गरिएको थियो ।

वल्र्ड मार्सल आर्ट कमिटीका अध्यक्ष हराल्ड फोलाबोरी तथा महासचिव डेनिला क्लोफरले खेलाडीलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।३ खेलाडीसहित व्यवस्थापक अशोक केसी मंगलबारै स्वदेश फर्किएका छन् ।उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसीका इन्टरनेसनल बोर्ड अफ डाइरेक्टर तथा एसियाली डब्लुएमएसीएका डाइरेक्टर सिद्धार्थ लामा, नेपाल उमा कुङफु संघका उपाध्यक्ष सन्जित राईलगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न