“प्रचण्डले तपाई मन्त्रीबाट हट्नुपर्छ भनेपछि म मन्त्रिपरिषद बैठक जान छाडे”:आपुर्ति मन्त्री यादव

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
18 Shares


काठमाडौँ /उद्योग, बाणिञ्य तथा आपुर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषद बैठकमा जान छाडेका छन्। केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले तपाईले मन्त्री छाड्नुपर्छ भनेपछि उनी मन्त्रिपरिषद बैठकमा जान छोडेका हुन्।प्रचण्ड कमरेडले तपाई मन्त्रीमा नदोहोरिनुहुने भयो भनेपछि म मन्त्रिपरिषद बैठकमा जान छाडेको छु,ु बाणिञ्य मन्त्री यादवले काठमाडौं प्रेससँग भने, मन्त्रालयमा पनि आजदेखि जान छाडेको छु।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार पुर्नगठनको तयारी भैरहेका बेला मन्त्री यादव आफु हट्ने निश्चित भएपछि बैठकमा जान छोडेका हुन्।मंगलबारसाँझ प्रधानमन्त्री ओलीले डाकेको मन्त्रिपरिषद बैठकमा पनि यादव सहभागि भएका थिएनन् । उक्त बैठकमा प्रधानमन्त्री ओलीले कुनै पनि नयाँ निर्णय नगर्न मन्त्रीहरुलाई निर्देशन गरेका थिए। त्यसका साथै मन्त्रिपरिषद छिटै पुर्नगठन हुने भन्दै मन्त्रीहरुलाई कोही वहाल रहेने र कोही हट्ने जानकारी गराएका थिए। ुतपाईहरु कोही रहनु होला कोही हट्नु हुन्छु, प्रधानमन्त्री ओलीले बैठकमा भने, भोलीदेखि नयाँ निर्णय नगर्नुहोला।ु

फेसबुकबाट तपाईको प्रतिक्रिया