डब्लु आइसीसीद्धारा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
85 Shares


कौरव खत्री/गुल्मी-गुल्मीको वामीमा डब्लु आइसीसी wiccको आयोजना जनसेवा आमा समूह र पगतिशिल युवा परिवारको सहआयोजनामा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।आउँदो मंसिर २४ देखि २६ गतेसम्म खुल्ला पुरुष भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको छ ।सोमवार बसेको wiccको संस्थाको बैठकको निर्णय अनुसार कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग अभियान समेत शुरु गरिएको छ ।त्यस्तै कार्यक्रमलाई सफल बनाउनको लागी wicc संस्थाका उपाध्यक्ष डिलाराम खरेललाई आर्थिक संयोजकको जिम्मेवारी दिएको छ ।

कार्यक्रमको भलिवल प्रतियोगिताको लागी आर्थिक सहयोग संकलन भएको wiccस्थाका संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिए ।विगत करिव तिन बर्ष पहिला संस्थापक अध्यक्ष दिलिप थापाको अध्यक्षतामा बृहत् साँस्कृतिक कार्यक्रम तथा भलिबल कार्यक्रमसँगै शुरु गरिएको थियो ।कार्यक्रमलाई सफल बनाउन र निरन्तरता दिन बर्तमान अध्यक्ष रेशम रायमाझीको नेतृत्वमा wiccसंस्थाका संरक्षक इन्द्र थापा र बरिष्ठ सल्लाहकार अर्जुन रायमाझी नेपाल आउने आयोजकले जनाएको छ ।खेलकुद कार्यक्रममा बचत भएको रकमलाई मुसिकोट नगरपालिका ७ वामी माईका थान लाई निर्माणमा खर्च गरिने संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिए ।संस्थालाई ५ हजारसम्म आर्थिक सहयोग गर्ने चन्दादातालाई खादा प्रमाण पत्रले सम्मान पत्र गरिने, त्यस्तै ५ हजार १रुपैया देखि१५हजार सम्म आर्थिक सहयोग गर्ने चन्दादातालाई खादा प्रमाण पत्र र दोसल्लाले सम्मान पत्र गरिने, त्यस्तै १५ हजार १रुपैया देखि ३०हजारसम्म आर्थिक सहयोग गर्ने चन्दादातालाई खादा प्रमाण पत्र र दोसल्लाले सम्मान पत्र सहित परिवारका २ जना सदस्यहरुलाई मञ्चमा सम्मान गरिने छ ।

साथै ३० हजार १रुपैया देखि ५० हजारसम्म आर्थिक सहयोग गर्ने चन्दादातालाई दोसल्ला ओडाएर मञ्चमा बाजा गाजा सहित खादा प्रमाण पत्र र दोसल्लाले सम्मान पत्र सहित गरिने, ५० हजार १रुपैया देखि १ लाखसम्म आर्थिक सहयोग गर्ने चन्दादातालाई दोसल्ला ओडाएर मञ्चमा बाजा गाजा सहित सभानायक बनाइने र विशेष फ्रेम सहितको सम्मान पत्र सहितको सम्मान गरिने छ ।त्यस्तै १ लाख १रुपैया देखि माथी आर्थिक सहयोग गर्ने चन्दादातालाई दोसल्ला ओडाएर बाजा गाजा सहित घरदेखि सम्पूर्ण परिवारजनलाई गाँउ परिक्रमा गराइने र सभानायकसँगै चाँदीको फ्रेममा सम्मान गरिने संस्थापक अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रमलाई व्यवस्थित गर्नका लागि आर्थिक संकलन अभियान जारी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया