हंगेरीलाई हराउँदै वेल्स युरोकपमा छनोट

प्रकाशित मिति:

एजेन्सी/ युरोकपमा छनोट अन्तर्गत हंगेरीलाई हराउँदै वेल्स यूरोकपमा छनोट भएको छ । मंगलबार राति भएको खेलमा हङ्गेरीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्स युरोकपमा छनोट भएको हो ।वेल्सलाई युरोकपमा छनोट हुन जित्नैपर्ने दबाब थियो । आरोन राम्सीको गोलमा वेल्सले सहज जित हात पारेको हो । राम्सीले दुई गोल गर्दै वेल्सलाई अर्को बर्ष हुने प्रतियोगितामा छनोट गराए । १५ औ मिनेटमा पहिलो गोल गरेका उनले ४७ औ मिनेटमा दोस्रो गोल थपेका थिए ।

समूह ईको खेलमा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । शीर्ष स्थानको क्रोएसिया १७ अक सहित पनि युरोकपमा छनोट भयो ।वेल्सको जितले स्लोभाकियाको युरोकप छनोटको सम्भावना सकियो । वेल्सको हार र बराबरीले मात्र स्लोभाकियालाई युरोकपमा पुर्याउने निश्चित थियो ।