गलकोटमा सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेरा जडान

प्रकाशित मिति:

कौरव खत्री/ बागलुङ- बागलुङको सदरमुकाम बाहिर गलकोट नगरपालिका गलकोटको मुख्य बजार हटियामा सिसि टिभि जडान गरिएको छ । गलकोट नगरपालिका वडा नं ३ हटिया बजारको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सिसि टिभि क्यामरा जडान गरिएको हो । गलकोट नगरपालिका वडा नं ३ को कार्यालय र उधोग वाणिज्य संघ गलकोट ईकाईको पहलमा हटिया बजारको जिप पार्क, लोकतन्त्र चोक, बि।एन।बि चोक, बिच बजार, वडा कार्यालय परिसर लगायतका क्षेत्रमा सिसि टिभि जडान गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिए ।

हटिया बजार क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनका लागि २ लाखको लागतमा अहिले ६ वटा सिसि टिभि जडान गरि सञ्चालनमा ल्याईएको छ । केहि दिन पछि थप १० वटा सिसि टिभि जडान गरिने उधोग वाणिज्य संघ गलकोटका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए। गलकोटको मुख्य बजार भनेर चिनिने हटिया व्यस्त बजार भएकोले पनि हटिया बजारको जिपपार्क क्षेत्रमा सवारी दुर्घटना समेत बढ्दै गईरहेको बेला हटिया बजारमा सिसि टिभि जडान गरिनु आफैमा सुखद विषय रहेको स्थानीयको भनाई छ । पछिल्लो समय गलकोटमा रातको समयमा अपराधिक गतिविधि बढ्दै गईरहेको बेला यसलाई न्युनिकरण गर्न समेत सिसि टिभि जडान गरिसकेपछि सहज हुने प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी क्षेत्रीले बताए ।सिसि टिभि जडान गरिसकेपछि गलकोटको हटिया बजार क्षेत्रमा सवारी दुर्घटना न्युनिकरण गर्न, बजार क्षेत्रमा अपारधिक गतिविधि न्युनिकरण गर्न र सुरक्षा व्यवस्थालाई मजबुत बनाउनमा सहयोग पुग्ने अपेक्षा गरिएको वडा सदस्य झहर बहादुर खत्रीले बताए