दक्षिण कोरियाविरुद्ध ब्राजिलको सहज जीत

प्रकाशित मिति:

एजेन्सी /अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियामाथि सहज जित निकालेको छ ।आबु धाबीमा मंगलबार भएको मैत्रीपूर्णमा ब्राजिलले दक्षिण कोरियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।मोहमद बिन जायद स्टेडियममा लुकास पक्वेटाले नवौं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ३६ औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ६० औं मिनेटमा डानिलोले गोल गर्दै कोपा अमेरिका विजेता ब्राजिललाई ३-० को जित दिलाए ।यस्तै अर्को मैत्रीपूर्ण खेलमा भेनेजुएलाले जापानलाई ४(१ गोल अन्तरले पराजित गरेको छ ।