के हनुमान जी ले सुर्य लाई मुखमा राखे क थिए? के यो कुरा सत्य हो?

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


हामी हिन्दु हरु लाई आफ्नो धर्म ग्रन्थ को राम्रो जानकारी न भए को कारण ले गर्दा नै आज इशाई हरुले हाम्रो देश लाई टुक्राउने खेल खेल्दै छन्। हिन्दु हरुमा यो धारणा छ कि भगवान श्री हनुमान जी महाराज ले सानो मा सुर्य लाई आफ्नो मुखमा राखेका थिए । तर यदि सास्त्र लाई राम्री अध्यन गर्ने हो भने यो थाहा हुन्छ कि यस्तो कहिले भएकै थिएन । मन्त्र लाई राम्री न बुझेर कविता हरु सुनेर हामी ले यो सोच्न थालेका छौ कि हनुमान जी ले सुर्य लाई मुखमा राखेर खाए क थिए । रामायण को एउटा श्लोक छ त्यहि श्लोक लाई नै न बुझेर यस्तो झुठो धारणा हामी हरु मा आएको हो ।।। बाल समय रबि भक्ष कियौ , तब तिनो लोक भयो अन्धियारो ।। (तुलसी दास कृत राम चत्रित्र मानस)तर यो मन्त्र बाल्मिकी रामायण मा फेरी छैन । असली रामायण भनेको महारिशी बाल्मिकी ले लेखे को “बाल्मिकी रामायण” लाई नै भनिन्छ । राम चरित्र मानस त तुलसी दास ले आफ्नो कल्पना हरु मिलाएर लेखे क थिए…। र यसमा धेरै श्लोक हरु तुलसी दास ले आफ्नो तिर बाट थपे क थिए ।जस्तै :-।। ” ढोल गवार सुद्र पशु नारी इन्ही प्रतापण के अधिकारी” ।।यो कुरा फेरी बाल्मिकी रामायण मा कहिँ लेखे को छैन ।

यो तुलसीदास ले आफ्नै कविता बनाएर रामायण मा जोडी दिएका थिए… त्यस्तै राम स्वर्ण मृग खोज्न जादा लक्ष्मन ले सीता को रक्क्षा को लागि लक्ष्मन रेखा खिचे को कुरा चाही तुलसी दास ले लेखे को राम चरित्र मानस मा मात्र छ । तर त्यो कुरा असली रामायण भनिने “बाल्मिकी रामायण” मा फेरी छैन…. यो घटना को कहि जीकर नै छैन बाल्मिकी रामायण म ।.. तुलसीदास ले जब राम चत्रित्र मानस लेखे क थिए तब भारत मा मुसलमान हरु को सासन थियो । र त्यहि बेला राम जन्म भुमि लाई तोडेर मुसलमान सासक हरु ले बाबरी मस्जिद बनाएका थिए । राम चरित्र मानस त्यस पछि लेखियो । तुलसीदास यदि यति नै ळुलाे राम भक्त थिए भने राम जन्म भुमि तोडेर बाबरी मस्जिद बनाएको कुरा किन राम चरित्र मानस मा लेखेनन् त? तुलसी दास ले राम चरित्र मानस मा धेरै कुरा हरु मुस्लिम हरु को दबाब र डर मा आएर थपे क थिए…गोस्वामी तुलसीदास जी एउटा मह कवि थिए । एउटा विचारक थिए । तिनी ले यस्तो मुर्खता पूर्ण कुरा राम चरित्र मानस मा लेख्नु त वेद बिरुद्ध नै हो किन कि “बृहदारण्य उपनिशद” मा लेखे को छ कि प्रिथिवी बाट सुर्य को दुरी ८ अरब मिल छ । तर हनुमान को मुख त मात्र ३ इन्च को थियो. यो त असम्भब नै छ कि एउटा मान्छे ले सुर्य जस्तो कुरा लाई मुख मा राख्नु ।खास सत्यता यो हो कि :- हनुमान जी लाई “कपि” भनिन्छ ।

र आकाश मा भएको बादल लाई पनि संस्कृत मा “कपि” नै भनिन्छ । संस्कृत मा सुर्य लाई “रवि”, भानु, पनि भनिन्छ । जब अकाश मा बादल धेरै हुन्छ तब त्यो बादलले सुर्य(रवि, भानु) को प्रकाश लाई छेकी हाल्छ र सुर्य(रवि, भानु) को प्रकाश प्रिथिवी मा आउन पाउन्दैन् अनि दिन मा पनि रात जस्तै अँध्यारो हुन्छ । यसै लाई भनिन्छ हनुमानले रवि(सुर्य) मुखमा ग्रहण गर्नु या निगल्नु । यसैलाई न बुझेर गोस्वामी तुलसी दास ले यस्तो कविता बनाएर हनुमान ले सुर्य लाई मुखमा राखेको कुरा निकाली दिए…हनुमान ले त मात्र भानु(सुर्य) को पैराबेगनी किरण धारण(सरिर मा लग्नु) गरेको कारण ले गर्दा मुर्खित(बेहोस) भएका थिए । हनुमान ले कहिले सुर्य लाई मुखमा राखे क थिएनन्… र एउटा कुरा हजुर हरु जानेर अचम्म मान्नु हुन्छ कि हनुमान जी बाँदर थिएनन्.. वहा त एउटा ४ वेद को ज्ञानी मनुष्य थिए । तिनलाई त गोस्वामी तुलसीदास ले जबर जस्ती बाँदर बनाइ दिए । हनुमान जी बाँदर थिएनन् मान्छे थिए भन्ने कुरा माथि मा बाल्मिकी रामायण को प्रमाण हरु सहित एउटा लेख तैयार गर्दै छु । छिट्टै त्यो लेख पोस्ट गर्छु । त्यो लेख ले हजुर हरु को धेरै सनका को समाधान गरि दिन्छ ।…. असली रामायण विश्व मा एउटा मात्रै बचेको छ त्यो हस्तलिखित रामायण हो.. त्यो नेपाल को काठमाडौँ को भैसिपाळी इस्थित संघ्रयाला मा राखिए को छ… किन कि रामायण को रचना नेपाल मै जन्मेका महा ऋषि बाल्मिकी ले नेपाल मै गरेका थिए त्यसैले आज सम्म असली रामायण नेपाल मा छ त्यसमा यस्तो केहि कुरा हरु लेखे को छैन…

फेसबुकबाट तपाईको प्रतिक्रिया