भारतको हस्तक्षेप -नेपाली भूमिमा मन्दिर बनाउन रोक

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ  –  कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारनजिक खोलामा स्थानीयलाई आवतजावतमा समस्या थियो। स्थानीयको समस्या र मागका आधारमा दुई वर्षअघि पुनर्वास नगरपालिकाले कल्भर्ट बनाउन पाँच लाख रुपैयाँ बजेट विनियोजन ग¥यो। नेपाली भूभागमै रहेको आनन्द बजारछेउ स्थानीयले श्रमदानसहित तीनवटा ह्युमपाइप राखेर कल्भर्ट बनाउन सुरु गरे। तर सीमाभन्दा सय मिटरवरै नेपाली भूभागमा बनाउन लागेको सो कल्भर्ट भारतीय सीमा सुरक्षाकर्मी एसएसबी आएर भत्काउन थाले।आफ्नो भूमिमा बनाउन लागेको कल्भर्ट भत्काउन थालेपछि स्थानीयले विरोध गरे। स्थानीयले विरोध गर्दा भारतीय सुरक्षाकर्मीले गोली हानेर नेपाली युवक गोविन्द गौतमको हत्या गरे। भारतीय सुरक्षाकर्मीको गोली नै चलाएपछि सो कल्र्भट निर्माण हालसम्म पूरा हुन सकेको छैन। ‘आफ्नो भूभागमा कच्ची कल्भर्ट बनाउँदा पनि भारतीय सुरक्षाकर्मीले बनाउन दिएनन्, बनाउन लागेको पनि भत्काइदिए,’ पुनर्वास नगरपालिका प्रमुख जीवन थापाले भने, ‘नाहकमा नेपाली भूमिमा विकासको पूर्वाधार बनाउँदा निर्दोष युवकको हत्या भयो।’कालापानी क्षेत्रमा भारतले सीमा मिच्दै अगाडि बढिरहेको छ। मन्दिर बनाएपछि त्यसयता अतिक्रमण गर्न नसकोस् भनेर पनि मन्दिर निर्माण गर्न लागिएको थियो तर नेपालकै भूमिमा नेपालीले मन्दिर बनाउन पाएनन्।
भारतीय सुरक्षाकर्मीले बनाउन नदिएपछि त्यो कल्भर्ट निर्माण अलपत्रमात्र परेको छैन, त्यो घटनापछि स्थानीयले त्यो बाटो हुँदै आवतजावत गर्न नै बन्द गरेका छन्। ठाउँठाउँमा नेपाली भूभाग अतिक्रमण गरेको भारत पक्षले सीमावरै रहेको नेपाली भूभागमा पनि विकासका पूर्वाधार बनाउन दिएको छैन। भारतीय सुरक्षाकर्मीले आनन्द बजारमा मात्र नभई वडा नम्बर ६, ८ र ९ मा पर्ने अन्य नेपाली भूभागमा समेत विकासका पूर्वाधार बनाउन दिएका छैनन्। आफ्नो भूभागमा विकासका पूर्वाधार बनाउन नपाउँदा धेरै समस्या भएको नगरप्रमुख थापाले बताए । ‘भारतीय पक्षले बाटो, कल्भर्ट, काँडेतारलगायत संरचना बनाउन नदिँदा काम गर्न नै धैरै समस्या छ,’ उनी भन्छन्, ‘भारतले अवरोध गर्दा स्थानीय विकासबाट वञ्चित हुनुपरेको छ।’खुला सिमाना रहेको पुनर्वासको सीमाबाट मानव बेचबिखन, चोरी तस्करी हुने गरेकोमा सीमावारि आफ्नो

भूभागमा काँडेतार गरेर निश्चित ठाउँबाट मात्र आहोरदोहोर गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ। भारतले सीमावारि कुनै पूर्वाधार बनाउन नदिँदा त्यो योजना पनि कार्यान्वयन गर्न नपाएको उनले बताए।कञ्चनपुरको पुनर्वासमा धेरै भूभागमा सीमा विवाद भए पनि सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति पातलो हुँदा भारतले यसप्रकारको हस्तक्षेप गर्ने गरेको स्थानीयले बताए । भारतीयहरूले कतै सीमास्तम्भ गायब गरेर, कतै सीमास्तम्भ सारेर नेपाली भूभाग अतिक्रमण गरेको उनीहरूको भनाइ छ। आनन्द बजारमै रहेको २०० नम्बरको सीमास्तम्भ हराएकोले भारतले नेपाली भूमि अतिक्रमण गरेको छ।‘सीमाको लागि आवाज उठाउँदा निहत्था मेरा पतिलाई गोली हानेर हत्या गरियो,’ गोविन्द गौतमकी पत्नी सुशीला गौतमले भनिन्, ‘ज्यान गुमाएर पनि हामी सीमाका बासिन्दाका समस्या उस्तै छन्।’ पतिको हत्या गर्नेलाई हालसम्म कुनै कारबाही पनि नभएको र सीमामा भारतीय पक्षको ज्यादती पनि उस्तै रहेकाले मन शान्त हुन नसकेको उनको भनाइ छ।२०० नम्बरको सीमास्तम्भ हराएकोले भारतले नेपाल भूमि मिच्दै ल्याएको स्थानीय मानबहादुर सुनारले बताए। ‘पूर्खाहरूले गाईगोरु चराएको नेपाली भूमि अहिले भारतले मिचिसकेको र २०१ नम्बरको सीमास्तम्भ पनि सारेर नेपालतर्फ निके वर गाडेको उनको भनाइ छ। ‘कल्भर्ट बनाउन लागेको ठाउँभन्दा पाँच सय मिटर परसम्म हाम्रो भूमि थियो, हाम्रा बुबाहरूले गाईगोरु चराएका हुन्’ उनले भने, ‘अहिले सीमा मिचेर वर ल्याइपु¥याएका छन्।’ सीमा मिचिएको र सीमास्तम्भ सारेको जानकारी गराइए पनि नेपाल सरकारका तर्फबाट त्यसको प्रतिकार वा नेपाली सीमा रक्षा गर्न विशेष पहल नभएको स्थानीयले बताए।यता, भारतले अतिक्रमण गरेर दार्चुलाको लिम्पियाधुरा, कालापानी क्षेत्रमा सुरक्षा क्याम्प राखेको लामो समय भइसकेको छ। सुगौली सन्अिनुसार कालीपूर्वको भूभाग नेपालको भनेर स्पष्ट उल्लेख गरे पनि महाकालीको मुहान लिम्पियाधुरापूर्वको नेपाली भूभाग अतिक्रमण गरेर भारतले सेना राखेको छ।भारतले अतिक्रमण गरेको कालापानीमा मात्र होइन त्योभन्दा निकै वर नेपाली भूभागमा समेत विकासका पूर्वाधार बनाउन दिएको छैन। भारतीय पक्षको अवरोधका कारण सीमाका नेपाली विकासका पूर्वाधारबाट वञ्चित बनेका छन्।पर्यटकीय क्षेत्र विस्तारका लागि ब्यास गाउँपालिकाले वडा नम्बर १ स्थित कालापानी क्षेत्रमा पदमार्ग र मन्दिर बनाउन चार लाख रुपैयाँ विनियोजन गरेको थियो। तर भारतीय पक्षले सीमा क्षेत्रमा पदमार्ग र मन्दिर बनाउन दिएको छैन।

गत भदौमा ब्यास गाउँपालिका–१ छाङरुका चारजना स्थानीय कालीको मन्दिर निर्माण गर्ने उद्देश्यसहित सो क्षेत्रमा गएका थिए। तर भारतीय सेनाले त्यहाँ मन्दिर बनाउन पाइँदैन भनेपछि उनीहरूले मन्दिर निर्माण गर्न पाएनन्।कालापानीमा रहेको भारतीय सेनाका इन्चार्जले माथिल्लो निकायमा फोन गरेर नेपालतर्फ मन्दिर बनाउन लागेको जानकारी गराएको र माथिबाट नै बनाउन नदिने भनेर निर्देशन आएको मन्दिर निर्माण समितिका अध्यक्ष अमरसिंह ऐतवालले बताए। ‘हामी मन्दिरको तयारीका लागि त्यस क्षेत्रमा गएका थियौं तर माथिल्लो निकायको निर्देशनपछि सेनाका इन्चार्जले ‘एक तो भगवान् है ही तुमको कितना भगवान् चाहिए’ भनेर मन्दिर बनाउन दिएनन्,’ निर्माण समिति अध्यक्ष ऐतवालले भने, ‘भारतीय सेनाले त्यसरी रोकेपछि हामीले मन्दिर बनाउनसकेनौं।’‘भारतीय सेनाले बनाउन पाइँदैन भनेपछि हाम्रो मन्दिर बनाउने योजना तुहियो,’ अध्यक्ष ऐतवालसँगै गएका स्थानीय रामसिंह बोहराले भने, ‘भारतीय सेनाले त्यहाँ गएका हामी चारैजनाको बहुयात्रा अनुमतिपत्र, फोटो खिचेर, नाम र बुबाको नामसमेत टिपेर राखेको छ।’ छाङरुका स्थानीयले पूजा गर्न सजिलो होस् र पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कालापानी क्षेत्रको नेपाली भूमिभन्दा करिब दुई सय मिटरयतै कालीको मन्दिर बनाउन चाहेका थिए। भारतले नक्कली बनाएको काली नदीभन्दा करिब आधा किलोमिटरयतै घेरबार गरेको छ। त्यसको पनि करिब दुई सय मिटरयता मन्दिर बनाउन लागिएको थियो।‘कालापानी क्षेत्रमा भारतले सीमा मिच्दै अगाडि बढिरहेको छ। मन्दिर बनाएपछि त्यसयता अतिक्रमण गर्न नसकोस् भनेर पनि मन्दिर निर्माण गर्न लागिएको थियो,’ बोहराले भने, ‘तर नेपालकै भूमिमा पनि हामीले मन्दिर बनाउन पाएनौं।’बोहराका अनुसार स्थानीय सौका समुदायमा मानिसहरू कालापानीमा रहेको काली मन्दिरमा पूजा गर्न जान्छन्। तर त्यहाँ पूजा गर्न जान भारतीय पक्षबाट बहुयात्रा अनुमतिपत्र बनाउनुपर्ने र दुव्र्यवहारसमेत बेहोर्नुपर्ने अवस्था छ। सीमाक्षेत्रमा भारतीय पक्षबाट हुने दुव्र्यवहारबाट हुने छुट पाउन उक्त क्षेत्रमा काली मन्दिर निर्माण गर्ने योजना बनाइएको थियो।भारतीयले कब्जा गरेको कालापानीस्थित काली मन्दिरमा पूजा गर्न नेपाली नागरिकलाई साह्रै अप्ठेरो हुन्छ। महाकालीको वास्तविक मुहान लिम्पियाधुरा भए पनि भारतले काली मन्दिर बनाएर, पोखरी खनेर त्यहाँबाट बग्ने खोल्सा नै महाकालीको मुहान हो भनेर नक्कली सीमाक्षेत्र बनाएको हो।
नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया