आलमले प्रहरी अधिकृतलाई थर्काउदै गरेको भिडियो प्रकरणले प्रहरी बिदामा

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्बित सांसद मोहमद अफ्ताव आलम र प्रहरी अधिकृतबिच भएको संवादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन् ।असोज २६ गते विहान अलमलाई पक्राउ  गरि इद्रिसगेटदेखि गौर त्याउने क्रममा जिपमा भएको भिडियो संबाद गरेका थिए । आलमले प्रहरी अधिकृतलाई थर्काउदै जिल्लामा आगो लगाइदिने समेत भनेका थिए ।

हाई प्रोफाइल व्यक्तिलाई पक्राउ गर्दा कसरी गरिएको थियो र उनी कस्तो अवस्थामा थिए मानवअधिकार र प्रचलित काननको खिलाफमा गरिएको थियो को भन्ने बारेमा कुनै निकायले प्रश्न गर्दा प्रमाणको लागि जिपमै संवाद रेकर्ड गरिएको प्रहरीको भनाई छ ।भिडियो कसरी बाहिरियो भन्नेबारे प्रहरी अनविज्ञ रहेको जिल्लाका डिएसपी नवीन कार्कीले बताए । भिडियोको कारण प्रहरीलाई थप तनाव थपिएको छ । हाल कार्की विदामा बसेका छन् । आलमलाई जेल चलान गरिएकै दिनबाट जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटवाल र न्यायाधीश दीपक ढकाल पनि बिदामा बसेका छन् । अन्नपूर्ण पोस्टमा खवर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…