विद्यार्थीले लगाए ताला माग पुरा नभएसम्म नखोल्ने

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


भक्तपुर – भक्तपुरको चक्रवर्ती हवी एजुकेशन एकेडेमी कलेजले आफूहरुलाई गठेको भन्दै विद्यार्थीहरुले ताला लगाएका छन् ।मंगलबार ३० छात्राहरुले चक्रवर्ती हवी कलेजले आफ्नो भविष्य अन्यौलमा पारिदिएको भन्दै कलेज प्रशासनमा ताला लगाएका हुन् । उनीहरुले आफ्नो माग पुरा नभएसम्म ताला नखोल्ने जनाएका छन् ।पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक प्रेमिका शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडित विद्यार्थीहरुको आवाजलाई वेवास्ता गर्दै संस्था सञ्चालकले कानमा तेल हालेर सुतिरहेको आरोप छ ।

नर्सिङ पढाउने नाममा हामीलाई ठग्ने संस्था सञ्चालकलाई पटक पटक हामी पीडित विद्यार्थीहरुले उचित क्षतिपूर्तिका लागि माग गर्दा पनि हाम्रो आवाजलाई वेवास्ता गर्दै संस्था सञ्चालकले कानमा तेल हालेर सुतिरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।कलेज सञ्चालकले होस्टलमा बसिरहेका साथीहरुलाई धम्कि दिइरहेको पनि विद्यार्थीहरुले जनाएको छ । ‘कलेज सञ्चालकले होस्टलमा बसिरहेका साथीहरुलाई धम्कि दिइरहेकाले यो गलत कार्यलाई सच्याएर माग पुरा नगरेसम्म तालाबन्दी जारी रहन्छ।’विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई रजिष्ट्रेसन कायम गराई परीक्षामा सहभागि गराउन र नियमित पढ्न पाउने व्यवस्था गर्न पनि माग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण