वडाअध्यक्ष राजबहादुर चन्दको निधन

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया

File Image

बैतडी –  पञ्चेश्वर गाउँपालिका ४ वडा अध्यक्ष राजबहादुर चन्दको निधन भएको छ । वडा ४ कै सैलोडामा अवस्थीत कैलपाल मन्दिरमा लागेको मेलाबाट घर फर्किने क्रममा बाटोमै निधन भएको छ । गाँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो ।

“हिजो राती सैलोडा कैलपालमा मेला लागेको थियो, मेला लागेको स्थान नजिकै उहाँ मृत भेटिनु भएको छ भन्ने खबर आएको छ, उपाध्यक्ष भट्टले भन्नुभयो । सो खबर सुनेसंगै हामीहरु घटनास्थल तिर गइरहेका छौँ, उहाँले भन्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया