राष्ट्रसंघकाे भनाइ-सिरियामा झण्डै २८ हजार बालबालिका फसेको

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  सिरियाको उत्तर पूर्वी क्षेत्रमा ६० भन्दा बढी देशका झण्डै २८ हजार बालबालिका फसेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।सिरियामा रहेका विदेशी बालबालिकामध्ये आधा भन्दा बढी पाँच वर्षमुनिका रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् । ती बालबालिकाहरु शिविरहरुमा आश्रय लिएर बसिरहेको प्रवक्ता डुजारिकले बताएका छन् ।

यस्तै उत्तर पूर्वी सिरियामा अलपत्र परेका विदेशी बालबालिका मध्ये झण्डै ८० प्रतिशत १२ वर्षभन्दा मुनिका रहेको युनिसेफको तथ्यांक उद्धृत गर्दै महासचिवका प्रवक्ता डुजारिकले बताएका छन् । फसेका बालबालिकामा अधिकांश इराकका भएको र झण्डै २० हजार इराकी बालबालिका रहेको जनाइएको छ ।फसेका बालबालिकाहरु राज्यबिहीन बन्न सक्ने खतरा रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा