तेस्रो सन्जिबनी नकआउट ६ गतेबाट

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – सन्जिबनी युवा क्लबको आयोजनामा यही मंसिर ६ गतेबाट तेस्रो सन्जिवनी नकआउट फुटबल प्रतियोगिता हुंदैछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु)ले सबलपोस्टलाई  बताए । प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयां नगदसहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितीय हुनेले ५० हजार सहित मेडल पाउने उनले बताए ।

स्थानीय स्तरका खेलाडी उत्पादन र प्रोत्साहनसहित खेलको माध्यमबाट स्स्थ बन्न सकिन्छ भन्ने जनचेतना फैलाउन प्रतियोगिता गरिने खेल संयोजक कमल परियारले बताए । खेल खेलाउनका लागि ७ लाख रुपैयां खर्च हुने उनले बताए । उक्त प्रतियोगिताको दोस्रो संस्करणमा नव सृजना युवा क्लब करौजिया विजेता बनेकोे थियो ।

भिडियो: