उपसभामुख मन्त्री बन्‍न तयार भएपछी ..

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – संघीय संसद अन्तरगत प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे मन्त्री बन्‍न तयार भएकी छन्। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रकरणमा मुछिएपछि सभामुखमा दाबी गरिरहेकी उनी मन्त्री बन्‍न तयार भएकी हुन्। उपसभामुख भएकाले पहिलो दाबी गर्दै आएकी उनलाई सत्तारुढ नेकपाको नेतृत्व सभामुख बनाउन तयार नभएपछि मन्त्री बन्न तयार भएकी हुन्। सभामुख महराको दोष आफुले बोकेर उपसभामुख नछाड्ने अडान लिएकी उनलाई नेकपा नेतृत्वले अन्ततः मन्त्रीका लागि मनाएको हो। उपसभामुख तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सीमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने बताएकी थिइन्।

बुधबार बिहानै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेकी उनी मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी छन्। ‘नेकपाले सभामुखका लागि अन्य विकल्प खोजेपछि उहाँलाई मन्त्रीमा व्यवस्थापन गर्ने भएको हो’, स्रोतले भन्यो, ‘आजै उपसभामुखबाट राजीनामा दिएर उहाँले मन्त्र ी पदको जिम्मेवारी लिने सम्भावना छ।’ सभामुखका लागि नेकपबाट संविधासभाका अध्यक्ष सुवास नेम्बाङले पनि दाबी गरेका छन्। त्यसैगरी तत्कालीन एमाले र तत्कालीन माओवादीबाट पनि आधा दर्जन नेताले सभामुखमा दाबी गरेका छन्। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदालतको आदेशमा हाल डिल्ली बजार जेलमा छन्। नेकपाले सभामुख आफुले राखेर राष्ट्रिय जनमोर्चालाई उपसभामुख दिने तयारी गरेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनपछि बस्ने संसदको हिउँदे अधिवेशनले नयाँ सभामुख चयन गर्नेछ। -थाहाखबर 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण