किन पटकपटक बझाङ केन्द्र बनाएर जान्छ भुकम्प ?

प्रकाशित मिति:

काठमाडौं – हिजो बेलुका सुदुर पश्चिमको बझाङ्मा ५.७ रेक्टर भूकम्प गएको छ । भुकम्पको कारणले त्यहाँका बासिन्दाहरु त्रसित बनेका छन् । बझाङ् जिल्लाको खप्तड छान्ना गाउँपालिका–१ पौवागडीमा र खप्तड राष्ट्रिय निकुञ्जको सिमानामा केन्द्र बनाएर गए राती ७ बजेर १५ मिनेटमा ५.७ रेक्टर भूकम्प गएको थियो । भूकम्पबाट खप्तड छान्ना गाउँपालिका १ का अडेकुला बस्ने भेजराज जेशीको घर भतत्किएको छ । तर मानवीय क्षति भने भएको छैन । पशुचौपायालाई भने सामान्य चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतकीका कर्मचारी श्रद्धा ढकालले गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको भुकम्प पछि गएका पराकम्पन भन्दा यो अलि फरक रहेको बताउनु भएको छ । बर्षको सुरुवातदेखि बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्पका गएको छ ।नेपाल मै भूकम्पको उच्च जोखिममा रहेको यस जिल्लामा गत बर्ष पनि पटक पटक गरी २७ पटक भूकम्पको केन्द्र बिन्दु बनाएको थियो । जेठ ३१ गते पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा गएको यो भुकम्पले भारतको राजधानी लगायत नेपालसँग सीमा जोडिएका राज्यहरु हल्लाएको थियो ।