कस्लाई थाहा बिहेकै पहिलो दिन दुलहीको यस्तो हर्कत हुन्छ भनेर ? प्रहरी समेत चकित

प्रकाशित मिति:

एजेन्सी – भारत राजस्थानको भरतपुरमा शहरदेखि करीव १० किलोमिटर टाढा हत्नी गाउँमा मंगलवार धुमधामसंग दुई दाजुभाईको विवाह भयो । सफल दाम्पत्य जिवनको शुभकामना सहित राति सुतेका वेहुलीहरुले गरेको हर्कतका बारेमा जव बुधवार थाहा भयो परिवारका सबै चकित परे । बुधवार राती दुई नयाँ बेहुलीले घरको सुनचाँदी र नगद लिएर बेपत्ता भए । दुई बेहुलीले आफ्ना घरका सबैलाई बेहोस पारेर २ लाख रुपैया नगद र ५ लाख बराबरको गहना लिएर बेपत्ता भए । जव परिवारका केही सदस्य उठे उनीहरुले थाहा पाए की घरका केही सदस्य अझै बेहोस छन् भने दुई जना बेहुली गायब छन् । अघिल्लो दिन बेहुला बनेका ३२ वर्षीय रमेश उर्फ ​​भूरा र २७ वर्षीय नाहर सिंहको जिवन एकैछिनमा तहस नहस भयो । उनीहरु सहित ७५ वर्षीय रामकिशन (ससुरा), र उनीहरुकी भाउजु २६ वर्षीया पूनम समेत बोहोस अवस्थामा थिए । घरका अन्य सदस्यले चार जनालाई अर्धचेत अवस्थामा जिल्ला आरबीएम अस्पतालमा भर्ना गरे ।

अस्पतालका चिकित्सकहरुले उनीहरुलाई खानेकुरामा बेहोस हुने औषधी मिसाइएको हुनसक्ने आशंका गरेका छन् । नयाँ बेहुलीका रुपमा आएका सीमा र शिवानीले मंगलवार राति परिवारका सदस्यहरुलाई खाना खुवाएका थिए । नयाँ बेहुलीले घरका सदस्यलाई खाना खुवाउने चलन हुन्छ । सोही अनुसार बेहुलीहरुले भात र अण्डा करी बनाएका थिए । खाना खाइसकेपछि सबै जनालाई चिया समेत खान दिए । चिया खाएपछि परिवारका सवै सदस्य वेहोस भए । वेहुलाका दाजु मुकेशले भने खाना धेरै खाएका कारण उनलाई चियामा हालिएको निन्द्रा लाग्ने औषधीले असर गरन । उनीले सबैलाई अस्पताल पुर्याएका थिए ।

परिवारका सदस्य जव बिहान उठे, तिनीहरूले दुलही घरबाट सुन चाँदीको गहना, बहुमूल्य कपडा, सामान र नगद लिएर घरबाट भागेको थाहा पाए । विवाहको प्रस्ताव लिएर आउने लमिलाई त्यसका बारेमा खबर गरे । सुरुमा त लमिले वेहुलीको खोजी गर्ने बताएका थिए तर पछि उनले पनि मोवाइल स्वीच अफ गरेर बसे । अवस्थाबारे बुझ्न केटा पक्षका दुलहीको घरमा जाँदा पनि ताला लगाएको भेटे । हठनीका रामकिशनको परिवारमा ६ छोरा र १ छोरी छन् । यी मध्ये दुई छोरा रमेश उर्फ ​​भूरा र नाहर सिंहको नोभेम्बरमा बरेली (यूपी) निवासी सीमा र शिवानीसँग एसटीसी आवास बोर्ड भरतपुरमा विवाह भएको थियो । बरेलीका निवासी सन्तोष उर्फ ​​पप्पूले लमीको काम गरेका थिए । उनले नै विवाहको प्रस्ताव ल्याएका थिए । विवाहमा २ लाख रुपैया खर्च भएको थियो । केटा पक्षले नै दुलही पक्षका परिवारलाई ट्याक्सीबाट भरतपुर आउँन जानको लागि भनेर १० हजार पनि खर्च गरेका थिए । दुबै वेहुला युवा दिल्लीको एक कारखानामा काम गर्छन् ।

 

थप समाचार