संचार मन्त्रालयकाे सचिवमा सुवेदी

प्रकाशित मिति:

काठमाडौं –  संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् । सचिव सुवेदीले बुधबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।उनले संचार तथा सूचना प्रविधि मन्त्रालय आफ्ना लागि विल्कुलै नयाँ मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयका कर्मचारीहरुको निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन् ।

तत्कालिन संचार सचिव महेन्द्रमान गुरुङ अवकास भएपछि मन्त्री सचिव प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भई संचार तथा सूचना प्रविधी मन्त्रालयमा आएका हुन् । सचिव सुवेदीलाई मन्त्रालयका सहसचिव विरेन्द्रकुमार मिश्रसहितका पदाधिकारीहरु तथा संचार मन्त्रालय अन्तरगतका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरुले पनि स्वागत गरेका थिए ।