ओलीलाई सरकारको र प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने नेकपाले गर्‍यो निर्णय

प्रकाशित मिति:

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवाल बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओली र पार्टीको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गर्ने निर्णय गरेको छ ।

बैठकपछि प्रतिक्रिया दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘सचिवालयले सरकारको जिम्मेवारी पार्टी अध्यक्ष केपी ओली र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको छ ।’ प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल हेरफेरबारे भने बैठकमा कुनै छलफल नभएको दाबी गरे । ‘मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएका कारण आजको बैठकमा यसबारेमा कुनै छलफल भएन’ प्रवक्ता श्रेष्ठले भने ।