शितलनिवासमा नयाँ मन्त्रीहरुको सपथग्रहणको तयारी

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरूको सपथग्रहणको तयारी पूरा गरेको छ । शितलनिवास स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ ग्रहण जतिबेला पनि हुन सक्ने भन्दै बिहानैदेखि तयारी शुरू भएको हो । राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘यति बजे हो भन्ने ठ्याक्कै एकिन भएन तर हामीलाई तयारी अवस्थामा बस्ने निर्देशन दिइएको छ ।

त्यही अनुसार हामी तयार भएर बसेका छौं ।’ स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको काम गर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । बुधवार बिहान प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले संयुक्त रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । भेटमा हट्ने र नयाँ आउने मन्त्रीहरूको नामावली राष्ट्रपतिलाई सुनाइएको थियो ।