विद्यार्थीद्धारा सहयोग प्रदान

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – लुम्बिनी वाणिज्य क्याम्पसमा बिबिएम पांचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीले देउंसी भौलो खेलेर जम्मा भएको रकमले देवीनगर स्थित अपांग आश्रममा सहयोग गरेका छन् । उनीहरुले खाद्यान्नसहित कपडा र भांडाकुंडा प्रदान गरेका हुन् । विद्यार्थीले करिब ३० हजार रुपैयां बराबरको सहयोग गरेका थिए ।

सहयोग प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्याम्पसका प्राध्यापक कृष्ण गौतमले विद्यार्थीले गरेको कामको प्रशंसा गर्दै आफूहरुले दिएको ज्ञानको सही सदुपयोग भएको प्रति खुसी व्यक्त गरे । सहयोग सामाग्री ग्रहण गर्दै आश्रमका अध्यक्ष डालबहादुर रामदानले विद्यार्थी जिवनमै सेवाको भावले अघि बढेका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै सहयोगका लागि धन्यवाद दिए । विद्यार्थीले आफूहरुले भोलिका दिनमा समेत यस्तै सहयोगका कार्य गर्नेगरी अभियान चलाउने बताए । कार्यक्रम संयोजक कपिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३५ विद्यार्थी सहभागी थिए । कार्यक्रमको संचालन दिलीप पाण्डेले गरेका थिए ।