सांसद विष्टद्वारा मदन मार्गको अवलोकन

प्रकाशित मिति:

कर्णाली प्रदेश सभा सदस्य ठम्मरवहादुर विष्टले धुलियाविट भेडावारी सडक खण्डको चौरासे सामुदायिक जंगल क्षेत्रको वुधवार अनुगमन गरेका छन् ।
लोकमार्गको डिपिआर गर्न खटेको प्राविधिक टोलीसंगै विष्ट अनुगमनमा निस्केका छन। यो सडकको गत आवमा प्रारम्भिक डिपिआर भएको र चालू आवमा डिपिआर सम्पन्न हुने अनुगमनका क्रममा भेटघाट गर्न आएका स्थानीयहरुलाई सांसद विष्टले जानकारी दिए। सरकारले मदन भण्डारी लोकमार्ग नामाकरण गरेको यो सडक घुलियाविट देखि भेडावारीसम्म जम्मा ३७ किलोमिटरको रहेको छ।

केही हप्ता अघि सांसद विष्टले यो सडकको डिपिआरको काम छिटो सम्पन्न गर्न मदन भण्डारी लोकमार्गका आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए। आफुसंग छिटो डिपिआर सक्ने प्रतिवद्दता गरेका श्रेष्ठले हप्ता दिन भित्रै डिपिआर टोली खटाएर पठाएको सांसद विष्टले वताए ।
डिपिआर सम्पन्न हुनासाथ टेण्डर प्रकृयामा लगिने जानकारी दिदै उनले आफ्नो कार्यकाल भित्र यो सडक निर्माण सम्पन्न हुने दावी गरे