करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

भरतपुरर स्वच्छ कर प्रशासन : विकास र सुशासन” भन्ने मूल नाराका साथ आठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०७६ अन्तर्गत करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आन्तरिक राजश्व कार्यालय भरतपुरको आयोजना र चितवन उद्योग संघका समन्वय एवं संयोजनमा चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष एवं कार्यक्रमका सभापति भेषराज दुवाडीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।चितवन उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत सुब प्रसाद रिजाल प्रम्ुख अतिथि रहनुभएको थियो ।करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत धनेश्वर अर्यालले करदाता शिक्षाको बारेमा प्रशिक्षण दिनुभएको थियो । करीब दुई घण्टा लामो कर सम्बन्धि प्रशिक्षण पश्चात उद्योगीहरुबीच अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रियामा उठेका सुझावहरुलाई कार्यक्रमका प्रशिक्षक अर्यालले कर शिक्षाको बारेमा प्रष्ट्याउनु भएको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको अन्तरक्रिया कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।