डिजेल बाटोबाटै चोरी भएपछि निगमले थाल्यो छानविन

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
38 Shares


काठमाडौं –  नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालयका लागि आइरहेको डिजेल बाटोबाटै चोरी भएपछि सो विषयमा छानविन शुरु गरिएको छ ।नेपाल आयल निगमको अमलेखगञ्जबाट गत आइतबार विराटनगर निगमका लागि ५१ वटा ट्याङ्करमा डिजेल लोड गरी आइरहेको मध्येबाट ना.४ख ४१६३ नम्बरको ट्याङ्करबाट इन्धन चोरी भएको थाहा भएसँगै अनुसन्धान थालिएको निगमका प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहले बताए ।

सो ट्याङ्करमा २० हजार लिटर डिजेल थियो । अमलेखगञ्जबाट आउने अन्य ट्याङ्कर विराटनगर निगममा आइसकेको छ । प्रादेशिक कार्यालय प्रमुख साहको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।समितिके सदस्यमा निगमका सहायक प्रबन्धक समन कार्की, इन्धन ढुवानी सङ्घका अध्यक्ष गुणराज निरौला र अमलेखगञ्ज डिपोका उपप्रबन्धक रामकृष्ण श्रेष्ठ छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया