प्रदेश स्तरिय रेन्बुकाई कराँते प्रतियोगिता हुदै

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
29 Shares


चितवन – पूर्वी चितवनको रत्ननगरमा हुने प्रदेश स्तरिय रेन्बुकाई कराँते प्रतियोगितामा १३ जिल्लाका २ सय ५० खेलाडीको सहभागिता हुने भएको छ ।रत्ननगरमा रहेको नेपाल रेन्बुकाई कराँते डो. संघ जिल्ला समिति चितवन र सालघारी युवा समाजको आयोजनामा माघ १७ र १८ गते हुने प्रतियोगितमा तीन नम्बर प्रदेशका दुई सय ५० खेलाडिको सहभागिता हुन लागेका हुन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर महिला पुरुष छुट्टा–छुट्टै १८ विद्यामा प्रतिस्पर्धा हुने जानकारी गराइएको छ ।चितवनमै पहिलो पटक हुन लागेको प्रतियोगिमाबाट कवर्ड हल निर्माण गर्ने योजना समेत रहेको रेन्बुकाई कराँते संघका प्रमुख लालवहादुर तामाङले बताए ।प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार र ट्रफी तथा द्धीतिय हुने टिमले नगद ३५ हजार र ट्रफी प्राप्त गर्ने संघकी सचिव सुष्मा श्रेष्ठले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया