यी हुन् भोलि सपथ खाने सम्भावित मन्त्रीहरु

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
30 Shares


काठमाडौं  –  प्रधानमन्त्री केपी शर्मा ओलीले १० जना मन्त्री हेरफेर गरेर भोली नयाँ मन्त्रीको सपथ खुवाउने तयारी गरेका छन्। बालुवाटार निकट स्रोतका अनुसार भोली मन्त्री हुनेमा पूर्व र जनजातिबाट बसन्त नेम्वाङ, महिलाबाट विमला राई पौडेल निश्चित जस्तै छन्।त्यस्तै पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे, एमालेको चुनाव चिन्हबाट निर्वाचन जितेका ह्देश त्रिपाठी पनि मन्त्रीको सुचीमा छन्। त्यस्तै प्रधानमन्त्री ओलीले उपत्यकाबाट महेश बस्नेतलाई मन्त्री बनाउने निश्चित जस्तै छ। स्रोतका अनुसार ओलीले नेकपाका नेता घनश्याम भुषाललाई पनि मन्त्रीको सुचीमा राखेका छन्। यद्यपी भुषालले मन्त्री खाने कि नखाने अझै निर्णय गरिनसकेको उनी निकट स्रोतको दावी छ। त्यसैगरी दलितबाट छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने सम्भावना छ। पूर्वमाओवादीबाट भने पम्फा भुसाल, लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने निश्चित जस्तै भएको स्रोतको दावी छ।

यी हुन् बाहिरिने मन्त्रीहरुभोली मन्त्रिपरिषद पुर्नगठन हुदा झण्डै दश जना मन्त्रीहरु बाहिरिने भएको छन्। बालुवाटार स्रोतका अनुसार पूर्वएमालेबाट भौतिक पुर्वाधार तता यातयात मन्त्री रघुविर महासेठ, महिला बालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा मन्त्रीबाट बाहिरिने सम्भावना छ। त्यस्तै पूर्वमाओवादीबाट उद्योग, बाणिञ्य तथा आपुर्ति मन्त्री मातृकप्रसाद यादव, कृषि मन्त्री चक्रपाणी खनाल र रपर्यटन राज्य मन्त्री रामकुमारी चौधरी मन्त्रीबाट बाहिरिने निश्चित जस्तै छ। – काठमाडौंप्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया