टी १० लिगः वर्षाले खेल रद्द भएपछि डेकन र आबुधाबीले अंग बाँडे

प्रकाशित मिति:

काठमाडौं/ यूएईमा जारी टी १० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबुधाबी र डेकन ग्लाडीयटर्सबीचको खेल रद्द भएको छ ।शेख जायद स्टेडियममा बुधबार राति वर्षा वाधक बनेपछि खेल रद्द भएको छ । खेल रद्द हुँदा दुवै टिमले एक एक अंक बाडेका छन् ।आबु धाबीले दिएको १ सय १९ रनको लक्ष्यसहित ग्लाडीयटर्सले जवाफी ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेले रोकिएको थियो । खेल रोकिनु अघि ग्लाडीयटर्सले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा ४ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।आबु धाबीका लागि वेनी मेड्सेनले २९ रन जोड्दा लुक राइटले २३ रन बनाए । लेवीस ग्रिगोरी २० रनमा अविजित रहे ।ग्लाडीयटर्सका फावद अहमेदले २ विकेट लिए ।ग्लाडीयटर्सविरुद्ध पारस भने प्लेईङ सेटमा परेनन् । सुरुवाती दुई खेल खेलेका पारस लगातार तेस्रो खेलमा टिम बाहिर रहेका हुन् ।