लागु औषधसहित एक पक्राउ

प्रकाशित मिति:

काठमाडौँ/काठमाडौँको नागार्जुन नगरपालिका–४ बाफलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले बुधबार राति मोरङको शनिश्चरे घर भई काठमाडौँ बस्दै आएका गोकुलबहादुर खड्कालाई पक्राउ गरिएको हो ।

उनको साथबाट डाइजेपाम ७३ एम्पुल, फेनारगन ७४ एम्पुल र नुर्फिन २२ एम्पल र रु १० हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

थप समाचार