हजार दरका नक्कली नोट फेला

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


डोटी –  डोटीमा एक हजारका दुईवटा नक्कली नोट फेला परेका छन्। दिपायलस्थित एनसिसी बैंकमा एक ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा एक हजारका दुईवटा नक्कली नोट फेला परेको हो ।बैंक कर्मचारी अनिल शाहीले बैंकमा ३५ हजार जम्मा गर्न आएका एक ग्राहकको रकममा एक हजार दरका ती दुई नक्कली रहेको फेला परेको बताए ।

अन्य नोटभन्दा उक्त नोटको कागज फरक खालको तथा फोटोकपी कागज जस्तै भएकाले नक्कली नोट सजिलै चिनिएको शाहीको भनाई छ ।डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा कहाँबाट नक्कली नोट आए सो विषयमा अनुसन्धान गरिने बताए ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा