जर्मनीको कम्युनिष्ट पार्टीसँगको सम्बन्ध घनिष्ट बनाइन्छ : प्रवक्ता श्रेष्ठ

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच लामो र घनिष्ट सम्बन्ध रहेको बताउनुभएको छ ।नेकपाको विदेश विभागको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) का प्रतिनिधिबीच बिहीबार काठमाडौँमा भएको अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा उहाँले अहिलेको सम्बन्धलाई अझै राजनीतिक र वैचारिकरुपमा प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा प्रवक्ता श्रेष्ठले मुलुक समाजवादको नयाँ मोडलका साथ अघि बढेको उल्लेख गर्दै यसले विश्वमा नै नमूना दिने प्रयास थालेको बताउनुभयो ।

डेमोक्रेटिकको नाममा देखाउने प्रजातान्त्रिक पार्टी रहेको बताउँदै उहाँले नेपालमा नयाँ संविधान जारी भएर तीनै तहको सरकार गठन भई सङ्घीयता कार्यान्वयनको चरणमा गएको उल्लेख गर्नुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ मुलुक आर्थिक विकासको चरणमा अघि बढेकोसमेत उहाँले बताउनुभयो ।नेकपा र जर्मनीको कम्युनिष्ट पार्टीबीच छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्याउनुभएको थियो ।जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) ले त्यहाँको संसद्मा रहेका ७०९ सदस्यमध्ये ६९ सिट जितेको छ । जर्मनीको छ वटा पार्टीमध्ये यसको स्थान पाँचौँ रहेको रिजालले जानकारी दिनुभयो । उसले चुनावमा नौ प्रतिशत मत हासिल गरेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण