ह्वाइट हाउसकै कर्णेलले दिए ट्रम्पविरुद्ध बयान

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत युक्रेनलाई गरेको आग्रह अनुचित भएको ह्वाइट हाउसका सल्लाहकार लेफ्टिनेन्ट कर्णेल एलेक्सजेन्डर भिन्डमनले बताएका छन्।ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा उनले यस्तो बयान दिएका हुन्। गत जुलाई महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको भनाइ थियो। भिन्डमन ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद् एनएससीका युक्रेनसम्बन्धी एक उच्च विज्ञ हुन्।उनले संसद्को गुप्तचरीसम्बन्धी समितिसमक्ष ट्रम्पले युक्रेनी समकक्षीलाई गरेको आग्रहबारे भने, ‘राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धानको माग गर्नु राष्ट्रपतिका निम्ति असुहाउँदो र अनुपयुक्त विषय थियो।’ट्रम्पले राष्ट्रपति शक्तिको दुरुपयोग गरेको वा नगरेको भन्नेबारे संसद्को जाँचबुझ समितिले अनुसन्धान गरिरहेको छ। संसद्ले आसन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका सम्भावित डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन गर्न उनले युक्रेनका नयाँ नेता भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिने उद्देश्यले किभलाई दिने अमेरिकी सैन्य सहायता रोकेका थिए कि थिएनन् भन्ने विषय पनि स्थापित गर्न खोजिरहेको छ।यसैबीच, आफ्ना प्रतिद्वन्द्वीमाथि अनुसन्धान गर्न फोनमार्फत युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका लेफ्टिनेन्ट कर्णेल

एलेक्सजेन्डर भिन्डमनविरुद्ध ह्वाइट हाउस खनिएको छ।अमेरिकी करदाताको योगदान रहने ह्वाइट हाउसको आधिकारिक ट्विटर ह्यान्डल संसदीय सुनुवाइभरी भिन्डमनविरुद्ध आक्रमण गर्न प्रयोग भएको थियो र सुनुवाइकै बेला त्यसलाई चुनौती दिइएका ह्यासट्यागहरु रिट्विट गरिएका थिए।लेफ्टिनेन्ट कर्णेल भिन्डमन जुलाई २५ मा दुई नेताबीच भएको कुराकानी सुनेका अमेरिकी अधिकारीमध्येका हुन्। युक्रेनमा जन्मिएका उनी इराक युद्धमा पु(याएको योगदानलाई लिएर सम्मान पाएका अधिकारी हुन्। उनका बुवाले ४० वर्षअघि सोभियत संघ छाडेर अमेरिका बस्ने निर्णय गरेका थिए।राष्ट्रपति ट्रम्पले सुनुवाइमा बयान दिइरहेकी युक्रेनका लागि अमेरिकी पूर्वराजदूत मरिअ योभानोभिचमाथि पनि आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट आक्रमण गरेका थिए।जाँचबुझ के हो  हाल अमेरिकी राष्ट्रपति ट्रम्पले संसद्को एउटा यस्तो प्रक्रियाको सामना गरिरहेका छन् जसले उनलाई राष्ट्रपति पदबाट हटाउन पनि सक्छ। संसदीय जाँचबुझले सन् २०२० मा हुने चुनावमा पुनः निर्वाचित हुने सम्भावना बढाउन ट्रम्पले अनुचित सहयोगको माग गरेका हुन कि होइनन भन्ने विषय स्थापित गर्ने प्रयास गरिरहेको छ।यद्यपि प्रक्रिया अहिले पनि सुरुवाती चरणमै छ। डेमोक्र्याटको पकड रहेको संसद्को तल्लो सदनमा गत साता पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको थियो। रिपब्लिकन राष्ट्रपति ट्रम्पले गलत काम गरेको कुरा अस्वीकार गर्दै आएका छन्।
नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा