गायत्री मन्त्र र यसकाे अलौकिक शक्ति पनि थाहा पाउनु भएको छ ?

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 70

काठमाडौँ  – भगवान श्रीराम र श्रीकृष्णसँगै ऋषिमुनिद्वारा जपिएको गायत्री मन्त्रले मानव जातिको कल्याण हुन्छ नै तर महाभारतका अनुसार गायत्री मन्त्रले ब्रम्हादर्शन पनि सम्भव छ । यो अलौकिक मन्त्रले मनमा रहेको भयलाई पनि समाप्त गर्दछ ।सनातन धर्मको ग्रन्थ अनुसार गायत्री मन्त्रको प्रादुर्भाव जेष्ठ महिनाको शुक्ल दशमीमा भएको थियो । यो मन्त्रको ब्रम्हार्षि विश्वामित्र दृष्टी बने । कौशिक मुनि, जो पछि विश्वामित्र भए, को तपस्थली कौसानी, उनको नाममा छ । विश्वको कल्याण गर्न उनले गायत्री मन्त्रलाई मानव जातिमा फैल्याए ।दिव्य मन्त्रःओम भूर्भुवस्स्वस् तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो नस् प्रचोदयात॥’सनातन धर्म मान्नेहरु गणेश मन्त्रपछि यो मन्त्रको उच्चारण, जप गर्दछन् । श्रीमद्भागवतको दशम स्कन्दमा लेखिएको छ कि श्रीकृष्ण स्नानपछि यो मन्त्र जप गर्दथे । महाकवि तुलसीदासले रामचरित मानसमा लेखेका छन कि विश्वामित्रले आफ्ना शिष्य राम र लक्ष्मणलाई यो मन्त्रको रहस्य विस्तारमा बताएका थिए ।

गायत्री मन्त्र अनुसार, ‘भासते सततं लोके गायत्री त्रिगुणात्मिका॥’ अर्थात गायत्री माता सरस्वती, लक्ष्मी एवं कालीको प्रतिनिधित्व गर्दछिन् । उनी वेदमाता हुन् । समस्त ज्ञानकी देवी गायत्री नै हुन् । भनिन्छ कि एकपटक भगवान ब्रम्हा यज्ञमा समावेश हुन गइरहेकी थिइन् । धार्मिक कार्यमा पूर्ण फल प्राप्त गर्नको लागि पत्नी सँगै हुनु जरुरी हुन्छ । तर सो समय ब्रम्हाजी सँग उनको पत्नी सावित्री थिइनन् । त्यो बेला उनले देवी गायत्रीसँग विवाह गरे । पध्मपुराणको सृष्टिखण्डमा गायत्रीलाई ब्रम्हाको शक्ति बताएसँगै पत्नी भनिएको छ ।शारदा तिलकको रुपमा गायत्रीको स्वरुप वर्णन गर्दै भनिएको छ, गायत्री पंचमुखी छ, यो कमलमा विराजमान भएर रत्न,हार,आभूषण धारण गर्दछिन् । यीनीसँग दश हात छन, जसमाः शंख, चक्र, कमलयुग्म, वरद, अभय, अंकुश, उज्जवल पात्र र रुद्राक्षको माला छ । पृथ्वीमा जुन मेरु नामको पर्वत छ, त्यहि यीनको निवास छ । विहान, दिउसो र साँझ यीनको ध्यान गर्नु आवश्यक छ । रुद्राक्षको माला लिएर यीनको जप गर्नु पर्दछ । शंख स्मृतिका अनुसार गायत्री मन्त्रको जपबाट भय समाप्त हुने गर्दछ ।गायत्री मन्त्र १०८ पटक जप गर्दा रकमको अभाव नहुने, अध्ययन अध्यापनमा रुची, सुख प्राप्ति, दम्पतिलाई सन्तान प्राप्ति, विवाह, जागिरमा प्रगति, व्यापारमा सफलता प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया