‘कालापानी हाम्रो हो’भन्दै सडकमा निस्किए विद्यार्थीहरू

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  ‘कालापानी हाम्रो हो’, ‘हाम्रो भूमि फिर्ता गर्’, ‘सीमा मिच्न बन्द गर्’ यी र यस्ता नारा लेखिएका प्लेकार्ड बोकेर कलेज पोसाकमै विद्यार्थीहरू बुधबार धनगढीको सडकमा निस्किए। उनीहरूले मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयको गेटअगाडि पुगेर केही समय नाराबाजी गरे। उनीहरूले त्यहाँ कोणसभासमेत गरे। ‘भारतले हाम्रो सीमा अतिक्रमण गरेको छ। त्यो भूभाग फिर्ता नगरेसम्म हामी जस्तोसुकै संघर्ष र आन्दोलन गर्न तयार हुनेछौं,’ कोणसभालाई सम्बोधन गर्दै सुदूरपश्चिम एकेडेमीका विद्यार्थी गणेशबहादुर शाहीले भने, ‘हाम्रो भूमि मिचेको विरोधमा सबै एकजुट भएर अघि बढ्नुपर्छ।’

दार्चुलाका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूभाग भारतले आफ्नो देशमा गाभेर नयाँ नक्सा सार्वजनिक गरेपछि यस क्षेत्रका बासिन्दा आक्रोशित छन्। दुई सातायता विद्यालय, कलेज पढ्ने विद्यार्थीदेखि विभिन्न समूह र संगठनले विरोध प्रदर्शन गरिरहेका छन्। गत कात्तिक २० गते सत्तारूढ दलनिकट अनेरास्ववियु र अखिल नेपाल युवा संघले ‘ब्याक अफ इन्डिया’, ‘लिलुलेक नेपालकै हो’, ‘अर्काको भूमि लिँदैनौ’, ‘आफ्नो भूमि छाड्दैनौं’ जस्ता नारा लगाएर धनगढीमा विरोध प्रदर्शन गरेका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग