उपनिर्वाचनका लागि छापिएको मतपत्र मंसिर ७ गते सबै निर्वाचन क्षेत्रमा पुर्याइने

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागिछापिएको ५२ प्रकारका मतपत्र मंसिर ७ गते सबै निर्वाचन क्षेत्रमा पुर्याइने भएको छ। एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुने र त्यसका लागि मतपत्र र निर्वाचन सामग्री मंसिर ७ मा पुर्‍याइसक्ने निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । मतपत्र र निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिइएको पनि निर्वाचन दाहालले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया