वर्षातको समयमा हुनसक्ने खतराको पुर्व तयारीका लागि छलफल

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली /  दाङ – राप्ती गाउँपालिका क्षेत्रको विगतका जोखीम तथा आगामी दिनमा वर्षातको समयमा हुनसक्ने खतराको पुर्व तयारीका लागि छलफल गरिएको छ ।राप्ती नदि, दोलाई खोला तथा अन्य खहरे र वन खोलाहरुको बाढिको जोखीम बाट पुर्व सर्तकताका लागि नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखाले राप्ती गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसंग छलफल गरेको हो ।राप्ती नदि तथा दोलाई खोला तथा अन्य खहरे र वन खोलाहरुमा विगतका दिनमा अनियन्त्रित बाढि आउदा धन जनको समेत क्षतिभएकोले गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसंग छलफल गरिएको नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखाका कोषाध्यक्ष उत्तम कुमार अधिकारीले जानकारी दिनुभएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा प्रबक्ता विद्याशरण चौधरी, विपद ब्यवस्थापन समिति संयोजक बेद प्रसाद चौधरी, वडा अध्यक्ष जगत बहादुर थापा, नेपाल रेडक्रस सोसाईटी दाङका विनायक पौडेल, प्रमोद पौडेल, मदन अधिकारी, गीता पौडेल, प्रकाश नेपाली, प्रकाश डाँगी लगायतकाले विपत बाट जोगीन र नागरिकलाई जोगाउन साथै धन जनको क्षति रोक्ने उपाय र गाउँपालिकाको आर्थिक पाटोको वारेमा जानकारी गराउनु भएको थियो ।राप्ती गाउँपालिका क्षेत्रमा विगतमा राप्ती नदिको बाढिवाट दक्षिणी क्षेत्र वडा नं ३, ६ र ७ का गाउँहरु डुवानमा पर्दै आएको र दोलाई खोलाले वडा नं ४, ५ र ८ का गाउँहरु डुवानमा पर्दै आउका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया