सुपरस्टारले‘ठग्स अफ हिन्दोस्तान’ फ्लप हुँदा किन मागेका थिए माफी?

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी  – बलिउडका मिस्टर प्रफेक्शनिस्ट सुपरस्टार आमिर खान पछिल्लो समय फिल्म ‘लाल सिंह चड्ढा’ का कारण चर्चामा छन् । आमिरको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा पूर्ण रुपमा फ्लप भएको थियो ।मल्टिस्टारर फिल्म हुँदा पनि फिल्मले कुनै कमाल देखाउन सकेन ।आमिरले यो फिल्म फ्लप हुनुको पूरै जिम्मा आफूले लिँदै सबैसँग माफी पनि मागेका थिए । अहिले आएर आमिरले यो खुलाएका छन्, आखिर उनले किन माफी मागेका थिए ?

हालै आमिरलाई सोधियो – फिल्म फ्लप हुँदा फ्यानसँग किन माफी माग्नुभयो? यसको जिम्मा तपाईंले किन लिनुभयो?आमिरले भने – उनीहरुले मलाई सधै आफ्नो कामप्रति जिम्मेवार महसूस गराउँछन् ।पछिल्ला दुई दशक आमिरका कुनै त्यस्ता फिल्म आएनन्, जुन नचलेका होऊन् ।आमिरले अगाडि थपे – यो फिल्म बहुप्रतीक्षित फिल्म थियो । दर्शकलाई फिल्मप्रति धेरै आशा थियो । त्यसैले पनि मैले क्षमा मागेँ । मलाई लाग्यो कि, दर्शकको विश्वासमा म खरो उत्रिन नसकेकोमा मैले माफी माग्नुपर्छ ।आमिरलाई सोधियो – असफलताबाट के सिक्नुहुन्छ?‘असफलताले तपाईंलाई धेरै कुरा सिकाउँछ,’ आमिरले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक