मन्त्री पद गएपछि निवर्तमान श्रममन्त्री बिष्टले लेखे यस्तो स्टाटस

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
49 Shares


काठमाडौं – मन्त्रिमण्डल पुनःगठनसँगै सरकारमा राम्रो काम गरिरहेका पनि केही मन्त्रीहरु विदा भएका छन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्बाट बाहिरिएका निवर्तमान श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मन्त्री पदमा रहँदा राम्रो काम गरेको चर्चा भइरहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि उहाँले गर्नुभएको र गर्न खोजेको कुरालाई धेरैले प्रशंसा गरिरहेका छन् ।

उहाँले आफुले ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको भावुक भनाइ व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै विष्टले श्रमिक र बेरोजगारको पक्षमा काम गरेको दाबी गर्नुभएको हो । मन्त्रीको रुपमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री ओलीप्रति कृतज्ञ हुँदै विष्टले थप उर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको उल्लेख गर्नुभएको छ । यस्तो छ उहाँको स्टाटस 

‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !’

फेसबुकबाट तपाईको प्रतिक्रिया