‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं – ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक भएको छ । पहिलो पटक नेपालमा हुन लागेको ‘कमेडी च्याम्पियन’ शो को प्रोमो सार्वजनिक भएको हो । सार्वजनिक प्रोमोमा चार जना निर्णायकसँगै दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी लगायत छन् ।‘कमेडी च्याम्पियन’ शो यही मंसिर ९ गतेबाट प्रशारण हुने भएको छ । कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट ९ देखि १० बजेसम्म प्रशारण हुने आयोजकले जनाएको छ ।

‘कमेडी च्याम्पियन’मा निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई रहनेछन् । डिजिटल अडिसन भइसकेको कार्यक्रमलाई विशाल भण्डारीले निर्देशन गहिररहेका छन् । कार्यक्रमको होस्ट रिमा विश्वकर्मा छिन् । ‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । अडिसन राउन्डपछी टप २५ छनोट हुने र जसबाट क्रमशः १५ र ३ छनोट हुनेछन् । टप ३ बाट विजेता चयन गरिने छ ।  विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । नेपालमा पहिलो पटक केमेडी शो हुन लागेको हो ।