पुर्व युवराज पारशको जादु, पर्समै बाले आगो (भिडियो)

प्रकाशित मिति:

काठमाडौं – एक महिनायता पुर्व राजपरिवारको गतिविधि समाजिक संजालमा निकै भाइरल भइरहेको छ । पुर्व युवराज पारश शाहको बिन्दास जिन्दगी र राजपरिवारको नाइट क्लबको डान्सले तहल्का नै पिटेको छ । मोडल तथा भिजे सोनिका रोकायासँग जोडिएर विभिन्न भिडियो आउन थालेपछि पारश हाँस्यका पात्र बने । तर, केहिले भने उनको जिवन जिउने शैलिमा कसैले प्रश्न गर्ने अधिकार छैन भन्ने जस्ता प्रतिक्रिया पनि आए । जे होस्, पुर्व युवराजको हैसियत जुन स्तरको थियो त्यो यथावत हुन सकेन । तर, पुर्वराजा ज्ञानेन्द्रप्रति नागरिकको सामिप्यता बढेको छ ।

पारशको जुन भिडियो सार्वजनिक भएपनि त्यस्ले चर्चा बटुलेकै हुन्छ । हालै उनको टिकटकमा सार्वजनिक भएको ‘जादु’ भिडियो भारइल नै भएको छ । उनले मुखमा चुरोट राख्दै पर्समा आगो बालेका थिए । खासमा उनलाई कसैले जादु देखाउन आग्रह गरेपछि पर्समा आगो बालेर निभाएका थिए । पारशले बालेको आगो र निभाएको शैलि हेर्दा जादु नै जस्तो देखिएको छ । पर्स जस्तो भएपनि वा जादु नै भएपनि पारश नागरिकसँग जोडिरहेका छन् ।