विद्यालयलाई आर्थिक सहयोग

प्रकाशित मिति:

बुटवल – बिद्यालयको भौतिक पुर्वाधार विकासका लागि बुटवल ११ प्रगतिनगरमा रहेको प्रगती मावीलाई आर्थीक सहयोग गरिएको छ । उदय प्रगती वस्ती सेवा संस्थाले १० लाख रुपैया विद्यालयलाई हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष विर वहादुर कुवंरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सारु तथा विद्यालयका प्रध्यानाध्यापक शिव कुमारी अर्याललाई सो रकम एक समारोहकाविच प्रदान गरिएको हो ।

कक्षा ९ सम्म संचालनमा रहेको सो विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा १० पनि संचालनको तयारी गरिएको छ । विद्यालयमा अझै पनि प्रयाप्त भौतिक पुर्वाधार नभएकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या हुदै आएको छ । प्रयाप्त कक्षा कोठा, फर्निचर खेलकुदका समाग्रि, पिउने पानी लगायतको समस्या रहेको छ । अधिकाश गरिव तथा विपन्न परिवारका वालवालिकाहरुले अध्ययन गर्ने सो विद्यालयमा अर्थिक संकलनकै लागि केहि समय अघि महायज्ञ समेत संचालन गरिएको थियो ।