यौनीक तथा लैंगिक अल्पसंख्यक समुदायका समस्या र समाधानका उपायबारे अन्र्तकृया सम्पन्न

प्रकाशित मिति:

बुटवलयौनीक तथा लैंगिक अल्पसंख्यक समुदायका समस्या र समाधानका उपायबारे अन्र्तकृया कार्यक्रम विहिबार बुटवलमा सम्पन्न,यौनीक तथा लैंगिक अल्पसंख्यक समुदायका समस्या र समाधानका उपायबारे प्रदेश ५ स्तरिय छलफल कार्यक्रम विहिबार बुटवलमा सम्पन्न भएको छ । माउरी होम कपिलवस्तुको आयोजना तथा शसक्तीकरण नेपालको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा नागरिकको पहिचानका लागि सबैभन्दा महत्वपूर्ण जन्मदर्ता, नागरिकता र विवाह दर्ता भएतापनि यौनीक तथा लैंगिक अल्पसंख्यक समुदाय (तेस्रोलिंगी÷समलिंगी) भने यिनै अधिकारबाट वञ्चीत रहेको शसक्तीकरण नेपालकी परियोजना समयोजक पुष्प लामाले बताउनुयो ।

सो अवसरमा यौनीक तथा लैंगिक अल्पसंख्यक समुदायका समस्या र समाधानका उपायबारे छलफलमा फरक लैंगिक पहिचान भएकै कारण आफूमाथि भेदभाव भएको बताउदै छलफलमा सहभागी सरोकारवालाले लैंगिकताका आधारमा कसैलाई पनि भेदभाव गर्न र अधिकार खोस्न नहुने बताकएका थिए । नागरिकताकै समस्याले गर्दा सामान्य नागरिक सरह जीउन नसकेको दुखेसो पोख्दै यौनीक अल्पसंख्यकहरुलाई राज्यको मूलप्रवाहमा ल्याउन सकेमात्रै उनीहरुमाथिको भेदभाव हटाउन सकिने मानव स्वासथ्य समाज दाङकी कार्यक्रम सायेजक शिल्पा चौधरीले बताउनुभयो । साथै उहाँले फरक पहिचान भएकै कारण राजनीतिक र सामाजिक क्षेत्रमा अपमानित हुनुपरेको बताइन् । क्षमता र सीप भएपनि लैंगिक पहिभानको कारण देखाएर अगाडि बढाउन अवरोध गरेको बताउनुभयोनेपालको संविधानले लिंगको आधारमा कसैलाई भेदभाव नगर्ने बताए पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार नया“ देवानी संहिताले समेट्न नसकेको हुदा अन्यको नाममा नागरिकता लिन जानेलाई प्रमाण र मेडिकल परिक्षणको प्रतिवेदन मागिने गरेका कारण फरक पहिचानमा नागरिकता नपाउने गरेको र वास्तविक नागरिकताबाट वन्चीत भएकै कारण रोजगारीको अवसर समेत खोसिएको एकलालाई सहारा दिने वृक्ष समुह रुपन्देहीका कार्यक्रम समयोजक मनिला न्यौपानेले बताउनुभयो ।

शसक्तीकरण नेपालका अध्यक्ष अनिक रनाको समयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य थानकुमारी थापाले लैंगिकताका आधारमा कसैमाथि भेदभाव गर्न नहुने बताइन् । उनले संविधानले दिएको अधिकार कार्यान्वयन गर्न प्रदेशलाई कानुन बनाउने र त्यसमा आफूहरुले पनि आवाज उठाउने बताइन् । अर्का प्रदेशसभा सदस्य दिपा विकले जनगणनाका समयमा यस समूदायको एकिन तथ्यांक निकाल्नुपर्ने बताउदै यसो भएमा अन्य लक्षीत समूह सरह लैंगिक अल्पसंख्यकहरुलाई समेत ३ तहकै सरकारले समेट्न सहयोग हुने बताउनुभयो । प्रदेशसभा सदस्य गीता थापाले लैंगिकताको सवाल कानुनमा समस्या नभएपनि कार्यान्वयनमा समस्या रहेको बताइन् । उनले यस समुदायलाई हेलाहोचो गर्नुसाटो समान व्यवहार गर्न सरोकारवालालाई दवावमूलक र सर्वसाधारणलाई जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताइन् । राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख संझना शर्माले यौनीक अल्पसंख्यकको सवाल मानवअधिकारको सवाल रहेको बताइन् । यसलाई मानवअधिकार शिक्षाका रुपमा पाठ्यक्रममा राख्न र जनचेतनाका कार्यक्रम अगाडि बढाउन सरकारलाई आग्रह गरेको बताइन् । माहुरी होमको सुन्दर शान्त नेपाल परियोजनाका संयोजक वसन्त वन्जाडेले संघीयतामा लैंगिकता तथा सामाजिक समावेशीकरणको मुद्धालाई सस्थागत गर्न जरुरी रहेको बताउनुभयो । सो कार्यक्रममा माइती नेपाल रुपन्ेदहीकी प्रमुख माया क्षेत्रीले सविंधानमा भएको ब्यवस्थालाई कार्यन्वयन गर्न आग्रह गर्नुभयो । सो कार्यक्रममा सञ्चारकर्मी, सरोकारवाला, कानुन ब्यवसायी तगाएतको उपस्थिती रहेको थियो ।