थाइल्याण्डमा ६.४ रेक्टरको भूकम्प

प्रकाशित मिति:

एजेन्सी /थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्प पछि सानाठूला गरी १ सय भन्दा बढी पटक परकम्प गएको थाइल्याण्डको मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटकसम्म पराकम्पन भएको बताइएको हो । महानिर्देशक सोम्साकले ६।४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६।५० बजे गएको जानकारी दिए।भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ ।