भारतले अतिक्रमण गरेको नेपाली भुमिको माग गर्दै ,गुल्मीमा बिरोध प्रर्दशन

प्रकाशित मिति:

मनोज कार्की/गुल्मी-कालापानी , लिपुलेक हाम्रै हो भारतिय सामा्रज्यबाद अन्त्य गर भन्ने मुल नाराका साथ गुल्मीमा बिरोध प्रर्दशन गरिएको छ ।नेपालको कालापानी , लिपुलेक जस्ता भुभाग भारतले अतिक्रमण गरेको भुमि फिर्ताको माग गर्दै गुल्मीमा राष्ट्रिय जनमोर्चा पार्टिले बिहिबार तम्घास बजारमा बिरोध प्रर्दशन गरिएको हो ।भारतीय नक्सामा देखाएको नेपाली भुमिको मागमा पाल्पामा भएको बिरोध प्रर्दशन कार्यक्रमा प्रहरिले गरेको हस्तक्षेप प्रति सिङ्गो पार्टिनै दुखि भएको अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरबराज रेग्मीले बताए ।

बिरोध कार्यक्रममा बोल्दै नेपाल जस्तो गोेर्खालीको शाहस भएको देशमा भारतले आफ्नो सामा्रज्यबाद चलाउँन खोज्नु भारतको मुर्खता रहेको रेग्मीले दाबि गरे कार्यक्रममा बोल्दै नेपालका भुभागहरु हस्तक्षेप गर्ने अधिकार कसैलाई नभएको र भारतले गरेको हस्तक्षेप प्रति राष्ट्रिय जनमोर्चा पार्टि गम्भिर रहेको अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाले बताईन् ।देशको कालापानी , लिपुलेक लाई पनि आफ्नो नक्सामा पार्दै आएको अब नेपाली भुमि फिर्ता नगरेमा भारत संग लड्न पार्टि तयार रहेको बताईएको छ । सामा्रज्यबादको अन्त्य नेपाली भुमिको फिर्ता लिनको लागि सबै नेपालीले साथ दिन राष्ट्रियजनमोर्चा पार्टिले आग्रह गरेको छ । बिरोध कार्यक्रमा कलाकार द्धारा जनबादी गित तथा नृत्य पस्तुत गरिएको थियो ।बिरोध पर्दशन तम्घास बजार परिक्रम गरि जिल्ला प्रशासन कार्यालय गुल्मीको अगाडी आई कोण सभामा परिणत भएको थियो ।