भगवान विष्णुको व्रत बस्दा के फल प्राप्ति हुन्छ (पूजा विधिसहित)

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
9K Shares


एजेन्सी –विहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो विहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा अझ शुभ मानिन्छ ।

कसरी पूजा गर्ने पूजा विधि

बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने । यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ । यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ ।यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ । विहीबारको व्रत लिँदा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भारतीय मिडियाको उच्छृंखल सामाग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’
  • कार्यकर्तालाई प्रचण्डको आग्रहः कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी भन्दै नारा…
  • रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल
  • जनचासो, गुनासा र प्रभावकारी योजनाको लागि शुद्दोधनको सामाजिक परीक्षण
  • युग परिवर्तनका सम्वाहक युवा नै हुन् : कांग्रेस युवा नेता…
  • ग्रीका एयर कन्डिसन गुणस्तरीय भएकाले ग्राहकको पहिलो रोजाइमा
  • नेविसंघद्वारा आयल निगम घेराउ
  • रुपन्देहीमा लुम्बिनी मेट्रोसिटीले शुरु गर्यो सार्वजनिक यातायात सेवा
  • राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन
  • असफल खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ