पदमचाल के हो ? यस्ता हुन्छन् औषधीय गुण

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
16 Shares


काठमाडौं-नेपालको हिमाली क्षेत्रमा पाइने पदमचालबारे धेरैलाई थाहा नहोला । यो एक किसिमको जडीबुटी हो । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ ।नेपालको ३००० मिटर देखि ४००० मिटर सम्मको हिमाली भेगमा पदमचालका विरुवाहरु आफै उम्रिएका हुन्छन् । यसको व्यवसायिक खेती भने हालसम्म भएको पाइँदैन । स्थानीयहरुले यसलाई विभिन्न दवाईका रुपमा प्रयोग गर्दै आएका हुन्छन् । बोटलाई अचारका रुपमा पनि खाने गरिन्छ ।अमिलो हुने यो विरुवाको बोटसँगै जरामा धेरै औषधिय गुण हुन्छ । पछिल्लो समय यसको जडिबटी संकलन कर्ताहरुले यसको जरा पनि किनेयर भारत, चीन लगायतका मुलुकमा निर्यात गर्ने गरेका छन् ।

पदमचाल विशेष गरि फिरफिरे, गोब्रे सल्ला जस्ता रुखहरुको छेउछाउमा, थुम्कामा, केही खुला ठाउँ, ढुङ्गाको अन्तर तिर पाउन सकिन्छ। येसको बिरुवा साधरणतया एक देखि दुई मिटर सम्मको अग्लो हुन्छ। येस्को जरा र जमिन मुनि हुने कान्ड कसियेको गठिलो हुन्छ भने बाहिरी भाग केही चाउरी परेको हुन्छ।यसबाट सुघन्धित वास्ना पनि आउँछ। यसका पात हरु करीब करीब ३० सेन्टीमिटरको हुन्छन। पदमचालको फुलहरु साना र रातो रङ को हुन्छ। पदमचाल विशेषत नेपालको हिमाली भेगका जिल्लाहरु दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङ लगायतका जिल्लामा पाउने गर्छ ।प्रयोग कसरी गर्ने कब्जियत, पखला लागेको, ज्वरो आए अवस्थामा पदमचालको सेवन गरिन्छ । यसको डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।त्यस्तै, शरीरको कुनै भाग सुन्नियेको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाइको गहुतसग मिसाइ लगाउनाले फाइदा गर्दछ। साथै पदमचालको पात, डाठ, फुललाइ अचार तथा तरकारीमा पनी प्रयोग गरिन्छ । खबरहब 

फेसबुकबाट तपाईको प्रतिक्रिया