‘बौद्ध दर्शन जीवनको हरेक चिन्तनसँग जोडिएको हुन्छ’

प्रकाशित मिति:

एजेन्सी /विद्वान्हरुले बौद्धको दर्शन कल्पनासँग मात्र नभई जीवनको हरेक चिन्तनसँग जोडिएको बताएका छन् ।नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तरराष्ट्रिय दर्शन दिवसका अवसमा विहीबार आयोजना गरेको बौद्ध दर्शन र यसको अन्तरराष्ट्रिय प्रभाव विषयको विचार गोष्ठीमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बौद्धधर्म दर्शनमा मात्र आधारित नभई यो धर्म पनि सँगै जोडिएको बताए ।कार्यक्रममा प्रज्ञा–प्रष्ठिानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको दार्शनिक स्वरुप र नेपालले दर्शनमा पुयाएको योगदानको अन्तरराष्ट्रियस्तरमा चर्चा हुनुपर्नेमा जोड दिनुभयो ।

साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितले बौद्ध दर्शनलाई अघि नसारेसम्म भेदभावरहित समाजको निर्माण हुन नसक्ने बताए ।
“मानव आफ्नो कतव्र्यको आधारमा अगाडि बढ्नुपर्छ भन्ने विचार नै बौद्ध विचार हो ”, प्रश्रितले भने ।प्रज्ञा –प्रष्ठिानका सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख जगत्प्रसाद उपाध्यायले संसारका विभिन्न क्षेत्रका रहेका जनताले दर्शनशास्त्रको अध्ययन गर्न पाउनुपर्ने बताए ।