कार्तिक आर्यनले कति पुर्‍याए आफ्नो पारिश्रमिक

प्रकाशित मिति:

मुम्बई /‘प्यारका पन्चनामा’ बाट बलिउड छिरेका कार्तिक आर्यनले आफ्ना फिल्म हिट भएको देखेर पारिश्रमिक पनि बढाउने फैसला गरेका छन् ।उनले अब आफ्नो पारिश्रमिक ७ करोड बनाउने सोच बनाएका छन् । यतिबेला भने उनी ‘भुलभुलैया २’ र ‘लभ आजकाल २’ मा व्यस्त छन् । यसका अलावा उनको अभिनय रहेको फिल्म ‘पति पत्नी और वो’ डिसेम्बरमा रिलिज हुँदैछ ।

पछिल्ला फिल्म सफल भएपछि उनले पारिश्रमिक पनि बढाउने भएका हन् । भारतीय मिडियाका अनुसार कार्तिक अहिले यसमा ढुक्क छन् कि, यदि उनले पारिश्रमिक बढाए भने पनि मेकरले उनलाई फिल्ममा लिनेछन् ।पछिल्लो समय चर्चामा रहेका नयाँ अभिनेतामा कार्तिक पनि पर्छन् । उनले पछिल्लो समय सैफ अली खानकी छोरी सारा अली खानसँग रोमान्स गरिरहेका छन् ।