खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङबाट काठमाडौं लगीयो

प्रकाशित मिति:

दाङ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङबाट काठमाडौं लगिएको छ।

प्रकाण्डलाई आज विहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र काठमाडौं झिकाउन पत्र काटेपछि उनलाई काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ।

प्रकाण्डको डायरीमा तुलसीपुर घटनाको बारेमा उल्लेख गरेको भेटिएपछि शुक्रबार अनुसन्धानका लागि दाङ ल्याइएको थियो। उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिनको समय तोकेकोमा उक्त समय नसकिँदै सार्वोच्चले उनलाई काठमाडौं झिकाउन पत्र काटेको हो। उनलाई काठमाडौं लगिए पनि दाङको मुद्दामा अनुसन्धान जारी नै रहने प्रहरीले जनाएको छ।

प्रदेश तथा प्रतिनिधिसभाको चुनावका बेला कांग्रेसले आयोजना गरेको सभालाई लक्षित गर्दै प्रकाण्डलाई बम विस्फोट गराएको आरोप लागेको छ। उक्त बम विस्फोटमा परी एक जना म्यादी प्रहरीले ज्यान गुमाएका थिए।